पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री

काठमाडाैं | साउन २, २०८३

पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। 

 

अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो।

 

यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो। 

 

सन् २०२२ मा ९५ लाख डलरमा म्याराडोनाको जर्सी लिलामी भएको थियो। 

 

पेलेको जर्सीका लागि ५ जनाभन्दा धेरै सहभागीबाट १० वटा बोलकबोल परेको थियो। यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो।

 

पेलेले १७ वर्षको उमेरमा सन् १९५८ मा स्विडेनविरुद्ध खेलेको विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए। 

 

विश्व फुटबलका दुवै महान् खेलाडी पेले र म्याराडोनाको निधन भइसकेको छ। 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्